तेक्वान्दो खेलाडी पलेशालाई एनसेलको सम्मान
काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई पहिलो पटक पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
पलेशाले चीनको हाङझाओमा आयोजित एसियाली पारा खेलकुदको तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजीमुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मानका लागि भएको कम्पनीले जनाएको छ । यसबाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईँकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको जनाएको छ । एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको यो एतिहासिक उपलब्धि नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा रहेको बताए । यस्तै उनले एनपीसीसँगको सहकार्यले पलेशाजस्ता पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न सहयोग पुग्ने बताए । यस्तै पलेशाले एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर ल्याउन पाएकोेमा गौरवान्वित भएको बताइन् । साथै एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गरिन् । पारा खेलाडीहरूको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै खेलाडीहरू लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्ट्रिय सफलता दिलाउने उनको भनाइ थियो । पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा कास्य पदक ल्याउन सफल भएकी थिइन् ।
यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरी विभिन्न १० खेलका विधामा १९ जना पारा खेलाडीहरूले नेपालको प्रतिनिधित्व गरेका थिए । एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया