Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकतार एयरवेजले स्वास्थ्यकर्मीहरुलाई निःशुल्क एक लाख टिकट उपलब्ध गराउने

कतार एयरवेजले स्वास्थ्यकर्मीहरुलाई निःशुल्क एक लाख टिकट उपलब्ध गराउने


काठमाडौं, वैशाख ३१
कतार एयरवेजले स्वास्थ्यकर्मीहरुलाई निःशुल्क एक लाख टिकट उपलब्ध गराउने भएको छ । एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पु-याएको अतुलनीय योगदानका लागि आभार स्वरुप एक लाख निःशुल्क हवाइ टिकट वितरण गर्ने घोषणा गरेको हो । एयरलाइनले दोहाको समय अनुसार मे १२ को ००ः०१ बजे देखि मे १८ को २३ः५९ बजेसम्म टिकटहरु वितरण गर्नेछ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइटमार्फत फारम भरी दर्ता गर्न सक्नेछन् । दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ जसमार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x