Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–क्यानको पाँच लाख सहयोग

इ–क्यानको पाँच लाख सहयोग


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)ले शुक्रबार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । इ–क्यानले भूकम्पबाट प्रभावित परिवारजनमा राहत उपलब्ध गराउने उद्देश्यले इक्यानको कोषबाट तीन लाख एक हजार रुपैयाँ र कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूबाट दुई लाख पाँच हजार गरी एकमुष्ठ पाँच लाख छ हजार रुपैयाको कोष स्थापना गरेको हो ।

साथै, इ–क्यानले आप्mना सम्पूर्ण सदस्यहरूलाई उद्धार र राहत सहयोग गर्न अपिल गर्दै आर्थिकरूपमा इक्यानको कोषमा रकम जम्मा गर्न समेत आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया