Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’

‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’


काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ ।

यसअन्तर्गत भेटायोले एउटा घर मात्रै चार हजार पाँच सय रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकालागि मात्र रहने बताइएको छ । साथै, सफाइ, पेन्टिङ र लुगा धुने काम, कीट नियन्त्रणमा समेत विशेष छुटकोे व्यवस्था गरिएको जनाएको छ । यस्तै, कम्पनीले दीपावलीका लागि विभिन्न सरल सेवाहरू पनि ल्याएको छ ।

कम्पनीको तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेजमा एयर कन्डिसनर खरिद गर्दा तीन हजार रुपैयाँसम्मको विशेष छुट पाउन सकिन्छ । यस्तै, ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक दर्ता थप १० प्रतिशत छुट पाउन सकिन्छ । साथै, खल्तीबाट भेटायोको बिल तिर्दा पाँच प्रतिशतको क्यासब्याक पाइने बताइएको छ । दैनिक आवश्यकताअनुसारको कुनै पनि सेवा लिन सजिलै एपमार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया