Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक


काठमाडौं, जेठ १
एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै मोबाइल क्लास डेटा प्याक सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाइको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको हो ।

लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जीबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट सञ्चालनमा ल्याएको छ । विद्यार्थीले १ सय ५० रुपैयाँ (करसहित १ सय ९१ रुपैयाँ ५४ पैसा)मा यो प्याक सुचारु गर्न सक्छन् । प्याकअन्तर्गतको डेटा भोलुमको समयसीमा ७ दिनको रहनेछ । मोबाइल क्लास प्याकअन्तर्गत विद्यार्थीहरुले ४ जीबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जीबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जीबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अभ्ययन गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२०ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ । नेपालको राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निमित्त यो विशेष डेटा प्याकमार्फत सहयोग गर्न पाएकोमा कम्पनी निकै नै हर्षित रहेको एनसेलले जनाएको छ । अनलाइन सिकाइका लागि विषेश रुपमा तयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाइसँग सम्पर्कमा रहँदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पु-याउने विश्वास एनसेलले लिएको छ ।

यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहकमाझ संचाार सेवाको पहुँच सुनिश्चित राख्न विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जीबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स टा«न्सफर सेवा, सापटी रकमा थप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्ने मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजिटल सेवाहरुमा निःशुल्क पहुँचजस्ता अन्य थुप्रै सेवाहरु एनसेलले ग्राहकका लागि ल्याएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x