Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहाइलाइफका उत्पादन अस्ट्रेलिया निर्यात हुने

हाइलाइफका उत्पादन अस्ट्रेलिया निर्यात हुने


काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अस्ट्रेलियामा बिक्री हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डस्ट्रिज लिमिटेडले अस्ट्रेलियाको लागि आफ्नो आधिकारिक विक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ ।

निलगिरी ग्रुपका हेड अफ सेल्स् एण्ड इन्टरनेसनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सोसम्बन्धी सम्झौता गरिएको हो । निलगिरी आधिकारिक विक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन अस्ट्रेलियामा निर्यात सुरु भएको छ । हाइलाइफका उत्पादनहरू नेपालमा लोकप्रिय बन्न सफल भएको कम्पनीको भनाइ छ। अब अस्ट्रेलियामा पनि हाइलाइफका प्रडक्ट धेरैको रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ । ‘अस्ट्रेलियामा धेरै नेपालीहरू बसोबास गर्ने भएकाले नेपाली प्रडक्टले अझ बढी माया पाउनेमा हामी विश्वस्त छौं,’ निलगिरी ग्रुपका लागि नेपालका कन्ट्री म्यानेजर अञ्जु बरालले भनिन् । हाइलाइफका सबै प्रडक्टहरू स्वस्थकर रहेको कम्पनीले जनाएको छ । हाइलाइफले नेपाली बजारमा एफएमसीजी ब्राण्डमा आक्रामकरूपमा बजार विस्तार गर्न सफल छ ।

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाबिन, ग्रीन टीलगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् । कम्पनीले चिजबललगायतका स्न्याक्सहरू पनि बजारमा उपलब्ध गराइसकेको छ । स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । निलगिरीले पहिलो चरणमा अस्ट्रेलियाका लागि हाइलाइफका उत्पादन निर्यात गरिसकेको छ । आगामी दिनमा त्यहाँको आवश्यकताअनुसार निर्यात गर्ने बरालले जानकारी दिइन् । ‘नेपाली ब्राण्ड निर्यात हुँदा देशको व्यापार घाटा घटाउन योगदान पुग्छ र नेपाली प्रडक्ट विदेशमा पुग्नेछ,’ उनले भनिन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया