Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको आम्दानी घट्यो

टेलिकमको आम्दानी घट्यो


काठमाडौं, जेठ १
नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिकको आम्दानीमा गत वर्षभन्दा कमी आएको छ । कम्पनीको आम्दानी गत वर्ष वर्षको सोही आवभन्दा चालू आवमा ६६ करोड ९४ लाखले कम हो । कम्पनीको चालू आवको तेस्रो चौमासिकको कुल आय २६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा कम्पनीले २७ अर्व ५० करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले गत आवको तुलनामा चालू चालू आवको सोही अवधिसम्मको सेवा वापतको आयमा कमी आउनुमा कारोना भाईरसका कारण सरकारले गरेको लकडाउनमा ग्राहकहरुलाई दिएका छुट तथा सेवाहरु रहेको बताएको छ ।

२०७५ चैत १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेको, कमिसन कुल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवाबापतको आय घटेको जनाएको छ । चालू आव को तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कुल ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको बताएको छ । गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने कम्पनीको भनाइ छ । यसरी चालू आवको तेस्रो त्रैमासिकसम्मको कुल आयमा उक्त डिस्काउन्ट पनि सम्मिलित गर्दा कुल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोडले बढी हुने कम्पनीले बताएको छ ।

साथै कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको कम्पनीको भनाइ छ । लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकम कुल ५३.४ करोड बराबरको हुने र सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५.३ करोड बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरि मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशत देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको र जुन ८.२ करोड बराबरको हुने कम्पनीको भनाई छ । यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६.९ करोडबराबरको नकारात्मक असर परेको कम्पनीको दाबी छ । यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको बताएको छ ।

साथै कम्पनीले समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत)मा भएको वृद्धि तथा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x