Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफाइभजी सञ्जाल, ओप्पो फाइभजी सीपीई ओम्नी र फाइन्ड एक्सटू सिरिज

फाइभजी सञ्जाल, ओप्पो फाइभजी सीपीई ओम्नी र फाइन्ड एक्सटू सिरिज


काठमाडौं, जेठ १
विभिन्न मोबाइल निर्माताहरु आफ्ना फाइभजी फोन सेवा योजनालाई ध्यानमा राखि नीतिगत रुपमै फोनका मोडलहरु निर्माण समेत गर्न थालिसकेका छन् । तिनमा तीन प्रकारका रेडियो सिग्नलको प्रयोग मार्फत फाइभजी उत्पादनमा सेवा उपलब्ध गराइन्छ । फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्स लो, मिड र हाई गरी तीन प्रकारका हुन्छन् । तीनका आ आफ्नै विशेषताहरु रहेका छन् ।

तीनै प्रकारका ब्याण्डको सम्मिश्रण मार्फत विस्तृत सोव प्रदान गर्ने उद्देश्यका साथ मोबाइल क्यारियर्सले अहिले लो ब्याण्ड, मिड ब्याण्ड र हाइ ब्याण्डको सम्मिश्रण उपलब्ध गराउँदै आइरहेका छन् । लो ब्याण्ड फाइभजीलेकम गति क्षमताका साथ धेरै क्षेत्रफल ओगट्ने क्षमता राख्छन् । एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइल्समा ३० देखि २५० एमबीपीएसको गति क्षमताका साथ सेवा प्रदान गर्न सक्छ । मिड ब्याण्ड फाइभजीले मध्यम कभरेजका साथमा लो ब्याण्ड फाइभजीका तुलनामा अझ तीव्र गति प्रदान गर्ने क्षमता राख्छ । मिड ब्याण्ड टावर्सले केही माइल -याडियसभित्र १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्न सक्छ ।

हाई ब्याण्ड फाइभजी१ देखि ३ जीबीपीएससम्मको गति लिनसक्ने क्षमताका हुन्छन् । तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइल ¥याडियस सम्म मात्र सेवा प्रदान गर्ने क्षमता राख्छन् । लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भएपनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ । स्वभाविक रुपमा यसको गति हाल विद्यमान औसत फोरजी नेटवर्कका तुलनमा तीव्र नै हुने बताइन्छ ।

मिड ब्याण्ड फाएभजी भने हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरहरुमा प्रयोगकता लागि उपयुक्त हुन्छ । जनघनत्व अत्यधिक रहेका स्थानका केही सेवा प्रदायकले भने राष्ट्रव्यापी रुपमै मिड ब्याण्ड फाइभजी कमरेज उपलब्ध गराउने प्रयास गर्न सक्छन् । यसो भएमा देशब्यापी जनताले १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्राप्त गर्न सक्नेछन् । हाई ब्याण्ड फाइभजीको प्रयोग भने विशेषगरी अत्यधिक जनघनत्व भएका सहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशाला (स्टेडियम)हरुमा गर्न उपयुक्त हुन्छ । विभिन्न परीक्षणहरुमा उच्च ब्याण्ड गति ३जीबीपीएस सम्म पुगेका उदाहरणहरु रहेका छन् । यो भनेको औसत फोरजी कनेक्सनका तुलनामा करिब ८० गुणा तीव्र हो । अझ भविष्यमा हुँदै जाने विकासले यो नम्बर अझ बढ्ने निश्चित छ ।

फाइभजीको असीमित अग्रगामी क्षमता र ओप्पो : ओप्पो फाइन्ड एक्सटू सिरिजको विकास अहिले तीव्र गतिमा विकसित हुँदै गरेको फाइभीलाई ध्यानमा राख्दै उपभोक्तालाई सटिक अनुभव प्रदान गर्ने सोचका साथ गरिएको छ । फाइन्ड एक्सटू र फाइन्ड एक्सटू प्रोमा फाइभजी सेवा समाहित गराइएसँगै फाइन्ड सिरिजले असीमित नयाँ सम्भावनाका लागि मार्गप्रशस्त गरिदिएको छ ।

कम्पनीले भरखरै सार्वजनिक गरेको ओप्पो फाइभजी सीपीई ओम्निले फाइजी सिग्नललाई वाईफाई सिक्स सिग्नलमा परिणत गर्नका लागि फाइभजी सिमकार्डको प्रयोग गर्छ । यसको माध्यमबाट हरेक किसिमका उपकरणमा स्थिर हाई स्पिड नेटवर्क प्रदान गर्न सकिन्छ । ओप्पो फाइभजी सीपीई ओम्नीमा फाइभजी सिग्नल प्राप्तिका लागि आठवटा ब्यूल्टईन एन्टेनाका साथमा ओ मोसन ३६० डिग्री फाइभजी एन्टेनापनि उपलब्ध गरिएको छ । फाइभजी कनेक्टिभिटीको नयाँ युगमा घर तथा अफिस जहाँ पनि प्रयोगका लागि यो उपयुक्त छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x