Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभूकम्प प्रभावितलाई सिप्रदीको ५५ लाख राहत

भूकम्प प्रभावितलाई सिप्रदीको ५५ लाख राहत


काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्रीहरू राहतस्वरूप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदीको संयुक्त प्रयासमा हालै जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमअन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको हो ।

तिहारमा लक्ष्मीपूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका सात जना कर्मचारीहरूले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरू त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतका अन्य सामग्रीहरूको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अनुसार हस्तान्तरण गरेको सामग्रीहरूबाट झन्डै एक हजार दुई सय घर परिवारका चार हजार आठ सय जना भूकम्पपीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् । सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितरूलाई स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरेको जानकारी दिए । अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेको उनले बताए ।

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट्ससँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको सुरूवात गरेको थियो । सो परियोजनाअन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनर्निर्माण र हस्तान्तरण गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया