युनिलिभर नेपालको भूकम्प प्रभावित क्षेत्रमा सहयोग
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पबाट प्रभावित समुदायलाई राहत सहयोग गरेको छ । कम्पनीले भूकम्प प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राइफुड, हर्लिक्स, सुपलगायतका तत्काल राहत सामग्री सहयोग गरेको जनाएको छ ।
विगतका अन्य प्राकृतिक प्रकोपहरूमा जस्तैगरी, लचिलो भावनाका साथ कम्पनीले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई साथ दिनका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा एक करोड रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ । उक्त रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया