Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यालेक्सी एस२३ एफ इ–मोबाइलको प्रि–बुकिङ खुला

ग्यालेक्सी एस२३ एफ इ–मोबाइलको प्रि–बुकिङ खुला


काठमाडौ । सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफईको प्रि–बुकिङ खुला गरेको छ । नेपालमा मिन्ट र ग्रेफाइट गरी दुई रङ्गहरूमा उपलब्ध हुने यो फोनको प्रि–अर्डर सोमबारदेखि नै नेपालभर सामसङको आधिकारिक स्टोरहरूमा खुला गरिएको कम्पनीले जनाएको छ ।

युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरूलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफई सर्वश्रेष्ठ विशेषताहरूका साथ पूर्णरूपमा सुसज्जित छ । गेमिङमा रूचि राख्नेहरूका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुत गर्छ । ग्यालेक्सी एस२३ एफइमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लिकर डिस्प्लेका लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई वास्तवमै अङ्गीकार गरेको छ । सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस२३ एफइले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिविम्बित गर्छ । उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस छ दशमलव चार इन्चको भव्य एमोलेड २ एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा रहेको भिजन बुस्टर प्रविधिले स्वचालितरूपमा उज्यालो प्रकाशको अवस्थाहरू पत्ता लगाएर स्क्रिनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस २३ एफ इमा प्रो–ग्रेड क्यामराको विशेषताहरू छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरू र फोटोहरू खिच्छ । यसको पछाडि प्रमुख ग्रेडको ५० एमपी (डब्लु) र १२ एमपी (युडब्लु) र ८ एमपी (ओआइएस) युक्त तीन गुणा ठूलो अप्टिकल जुमसहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरू खिच्न सहयोग गर्छ । ग्यालेक्सी एस२३ एफ इमा नाइटोग्राफी विशेषताले तपाईंलाई अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरूमा सेल्फी र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ । एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआईएस) का साथ प्रयोगकर्ताहरूले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडिको क्यामरा प्रयोग गरेर चालू रहेकै समयमा स्थिर सट लिन सक्छन् । ग्यालेक्सी एस२३ एफइ क्यामरामा एआई शक्ति प्रदत्त टुलहरू समेत रहेका छन् ।

यस्तै, ग्यालेक्सी एस२३ एफइमा सर्वोत्कृष्ट र भरपर्दो कार्यसम्पादनका लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ । गेमिङ र स्ट्रिमिङका लागि ग्यालेक्सी एस२३ एफइको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्छ । यो रेट्रेसिङका साथ पनि आउँछ । धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्छ । ग्यालेक्सी एस२३ एफई प्रभावकारी ८ जीबी ¥याम र २५६ जीबीको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरूमा पाइने ग्यालेक्सी एस२३ एफइ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ । यो मोबाइलको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै, एस२३ एफई शून्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक चार हजार तीन सय रुपैयाँ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफई किन्न सक्नेछन् । सामसङले एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भने आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरूका लागि एक्सेञ्ज सुविधा पनि प्रदान गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया