‘फेसन’ले रंगियो राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास
काठमाडौ । नेपाली उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप राष्टप्रमुखलगायतको निवासमा नेपाली पेन्ट्सको प्रयोग गरिएको छ । अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा नेपाली पेन्ट्सको प्रयोग गरिएको हो ।
प्रधानमन्त्री निवास, प्रधानमन्त्रीको सचिवालय, पार्किङ क्षेत्र वरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रंग लगाएर आकर्षक देखाइएको छ । तिहारको अवसर पारेर यी सबै ठाउँका रङ्गरोगनहरू नेपालमा उत्पादन भएको फेसन पेन्ट्स प्रयोगमार्फत गरिएको हो । यी सबै कार्यालयको भवन, कम्पाउन्ड र पर्किङस्थल तथा त्यहाँ भएका गमलाहरूमा समेत रातो, सेतो र अन्य रगंहरू मिलाएर लगाइएको छ । अन्य विदेशी पेन्ट्सभन्दा नेपाली पेन्ट्सको गुणस्तर पनि कम छैनन् भन्ने बलियो प्रमाण त्यहाँबाट सजिलै देख्न सकिने कम्पनीको भनाइ छ । विगत ७ वर्षदेखि नेपालमै उत्पादन सुरु गरेर नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको यो पेन्ट्स स्तरीय रहेको बताइएको छ ।
नेपाली बजारमा लामो समयदेखि अन्य विदेशी पेन्ट्स पनि उपलब्ध छन् । तुलनात्मकरूपमा फेसन पेन्ट्सको गुणस्तर बढी र मूल्य पनि कम रहेकाले यो रंग सरकारी रोजाइमा परेको सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशकुमार वाग्लेले बताए । राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशजस्ता देशका प्रमुख व्यक्तिहरूको निवास र कार्यालयमा फेसन पेन्ट्स प्रयोग हुनु गौरवको विषय भएको कम्पनीका सीईओ प्रभाकर आचार्यको भनाइ छ । आचार्यले नेपाली उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । ब्रान्डको नाममा चर्को मूल्यमा विदेशी पेन्ट्सको प्रयोग गरेर आफ्नो देशको पैसा विदेश पठाउनुभन्दा आफ्नै देशको स्तरीय पेन्टस् प्रयोग गर्नसके नेपाली उद्योग पनि स्थापित हुने उनले बताए । ‘सबैले साथ र सहयोग गर्ने हो भने हामी एकदिन पक्कै स्वावलम्वी हुनेछौँ’, फेसन पेन्ट्सका सीईओ सञ्जीव पुडासैनीले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया