भूकम्प प्रभावितलाई सिमेक्स इन्कको सहयोग
काठमाडौ । सिमेक्स इन्कले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको अधिकृत वितरक सिमेक्स इन्क प्रालिले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायका लागि सहायता स्वरूप सो रकम उपलब्ध गराएको हो । कम्पनीले सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितहरूका लागि भनी सो रकम उपलब्ध गराएको जनाएको छ । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । यस्तै, कम्पनीले ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष समेत सुरु गरेको छ, जसअन्तर्गत हरेक बीवाईडी डल्फिल बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी अट्टो ३ बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुनेछ ।
यो योजना मङ्सिर २३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यी बुकिङहरूबाट जम्मा भएको रकमले भूकम्प प्रभावितहरूलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकहरूको नाम सोसल मिडिया प्लेटफार्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया