क्लियरिङ हाउसको ३० प्रतिशत लाभांश
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफा मध्येबाट आफ्ना सेयरधनीहरूलाई कुल ३० प्रतिशत लाभांश दिने घोषणाा गरेको हो ।
घोषित लाभांशमध्येमा २८ दशमलव ५० प्रतिशतका दरले हुन आउने २२ लाख ३२ हजार छ सय २१ कित्ता बोनस सेयर रहेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले एक दशमलव ५० प्रतिशतले हुन आउने एक करोड १७ लाख ५० हजार बराबरको नगद लाभांश रहेको छ । कम्पनीले उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात मात्र लगानीकर्ताहरूलाई वितरण गर्नेछ ।
लाभांश वितरणसहित विभिन्न प्रस्तावहरू पारित गर्न कम्पनीले मंसिर १७ गते आइतबारका लागि साधारणसभा आह्वान गरेको छ । सभामार्फत कम्पनीले हाल कायम रहेको अधिकृत पुँजीलाई बृद्धि गरी दुई अर्ब रुपैयाँ पु-याउने, जारी तथा चुक्ता पुँजी वृद्धि गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया