Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमनकामना केबुलकारको वार्षिकोत्सवमा मन्दिर सरसफाइ र रक्तदान

मनकामना केबुलकारको वार्षिकोत्सवमा मन्दिर सरसफाइ र रक्तदान


काठमाडौं । नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

सोही दिन केबलकारको तल्लो स्टेसन चेरेसमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । रक्तदानमा कम्पनीका कर्मचारीलगायत मनकामना दर्शन गर्न आएका भक्तजन पनि सहभागी भएका थिए । २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको मनकामना दर्शन प्रालिले माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान गरेको छ । कम्पनीले केबुलकार टिकटबाट भएको वार्षिक आम्दानीको एक–एक प्रतिशत हिस्सा यी दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाट दुवै गाउँमा स्वास्थ्य र शिक्षाका साथै खानेपानी, सडकजस्ता पूर्वाधार विकासमा योगदान पुगेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया