मुलुकको पहिलो केबुलकार २६ वर्षमा प्रवेश
काठमाडौं । स्वप्नदर्शी उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै यसको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ ।
कम्पनीले माता मनकामनाको असीम अनुकम्पा र यात्रुजनको स्नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्न सफल भएको बताएको छ । केबुलकार सेवाले हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ ।
मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको थियो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको हो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौँ चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबुलकार सेवा सञ्चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवम् उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो । मनकामना केबुलकारको थालनीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको सन्देश पनि प्रवाह गरेको थियो ।
सुरुका २÷४ वर्ष अपेक्षाअनुरूप यात्रु नआए पनि अविचलित सेवालाई निरन्तरता दिएको कम्पनीले स्मरण गरेको छ । यस्तै, कम्पनीले परियोजनामा ऋण लगानीको अगुवाइ गर्ने नेपाल बैंक तथा अन्य लगानीकर्ता राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकको योगदानलाई पनि स्मरण गरेको छ । सेवा सुरु गरेको छ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य रहेकोमा तत्कालीन विषम परिस्थितिका कारण ऋण चुक्ता गरिसक्न सात वर्ष लागेको कम्पनीले उल्लेख गरेको छ । २५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ÷असोजमा सम्पन्न गर्ने योजनाअनुसार काम गरिरहेको उनले बताए । सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ ।
उनका अनुसार अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरूपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुनेछ । साथै, सन् २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको कम्पनीले जनाएको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुने बताइएको छ । कम्पनीको भगिनी संस्था रिसोटर््स बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
मनकामना केबुलकारले सुरुआती वर्षमा दुई÷तीन लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने कम्पनीको लक्ष्य छ । यस्तै, कम्पनीले मनकामना र आसपासका क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग र जातिलाई सहयोग गर्दै आएको छ । विनाशकारी गोरखा भूकम्पको बेला कम्पनीले पश्चिम गोरखाका सात/आठ गाविसलाई राहत सामग्री उपलब्ध गराएको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले केबुलकार टिकटबाट भएको आम्दानीको एक÷एक प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवीप्रकोपको लागि भनी वर्षेनि सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
- लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मूल गुठीबीच सहकार्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया