Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडी र ललितपुर सिटी फुटबल क्लबबीच सहकार्य

बीवाईडी र ललितपुर सिटी फुटबल क्लबबीच सहकार्य


काठमाडौं । बीवाईडीको नेपालका लागि अधिकृत वितरक सिमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने भएको छ । कम्पनीले सो क्लबसँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको हो ।

यस साझेदारीले कम्पनीको प्रविधि र दिगो विकासको साझा प्रतिबद्धतालाई जोडेको बताइएको छ । शुक्रबार सुरु भएको नेपाल सुपर लिगका नौ फ्रान्चाइज फुटबल टिमहरू सहभागी छन् । तीमध्ये ललितपुर सिटी फुटबल क्लबले बाग्मती प्रदेशको ललितपुरको प्रतिनिधित्व गरेको छ । यो सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । कम्पनीको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्ने समेत बताइएको छ । ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने बीवाईडीको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकुदबीचको सहकार्य दर्साउनेछ ।

कम्पनीले ललितपुर सिटी फुटबल क्लबसँग पहिलो सिजनका लागि पनि सहकार्य गरेको थियो । २०२१ मा भएको नेपाल सुपर लिगको प्रारम्भिक सिजनमा, ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो । साइमेक्स इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको साझेदारीले खेलको मैदानदेखि बाहिरसम्म खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारी साधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरूलाई स्पष्टसँग देखाउने बताए । ललितपुर सिटी फुटबल क्लब पनि यो सहकार्यलाई लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउँछन् । यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावनासहितको भविष्य निर्माणमा सहयोगी हुने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया