भारतले मूल्य वृद्धि गरी गुणस्तरहीन चिनी पठाउने भएपछि रोकियो चिनी खरिद प्रक्रिया
काठमाडौं । भारतले उपलब्ध गराउने भनेको चिनी कम गुणस्तरीय र उच्च मूल्य राखेर नेपाललाई उपलब्ध गराउने बुझेपछि चिनी खरिदको प्रक्रिया रोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार नेपालले सिफारिस गरेभन्दा फरक खालको र मूल्य बढी राखेर चिनीको मूल्य निर्धारण गरेपछि चिनीको खरिद प्रक्रिया रोकिएको हो ।
नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेसँगै भारतले नेपाललाई सरकार टु सरकार(जी–टु–जी) प्रक्रियानुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भएको थियो । तर, त्यो चीन अहिलेसम्म नेपाल आइपुगेको छैन ।
प्रवक्ता ठाकुरका अनुसार नेपालले माग गरेको चिनीको गुणस्तर र मूल्य अनुसार भारत सरकारले चिनी नदिने भएपछि नेपालले खरिद नगरेको हो । उनले नेपालले माग गरेको ३२–३३ साइजको चिनी भारतले उपलब्ध नगराई ३०–३१ साइजको चिनी उपलब्ध गराउने जनाएपछि तत्काल ल्याउने प्रक्रिया रोकिएको बताए । ३०–३१ साइजको चिनी कम गुणस्तरको भएकाले उक्त चिनी खानको लागि उपयुक्त नहुने उनको भनाई छ ।
चिनीको खरिद मूल्य बजार भाउको तुलनामा बढी राखेर भारतले बिक्री गर्ने भएकाले मूल्य पनि बढी र कम गुणस्तरको चिनी भएको कारण ल्याउन नसकिएको प्रवक्ता ठाकुरले बताए । उनले भने, ‘भारतले नेपाललाई उपलब्ध गराउने धुलो चिनी बजार मूल्यभन्दा बढी राखेर नेपाललाई बिक्री गर्ने जनाएको थियो । नेपाललाई ५४ रुपियाँ भारतीय मूल्यमा उपलब्ध गराएको थियो । जुन बजार मूल्यभन्दा बढी हो । त्यो महँगो गुणस्तरहीन चिनी ल्याएर उपभोक्तालाई खुवाउन हामी सक्दैनौँ ।’
अब नेपालमा ठुला चाडपर्व पनि सकिएको र उखु काट्ने सिजन पनि सुरु भएकाले चिनीको खासै अभाव झेल्नु नपर्ने उनले बताए । नेपालमा अहिले एक लाख ५० हजार टन चिनी उत्पादन हुने गरेको छ भने माग तीन लाख टन हुने गरेको छ । अपुग चिनी बाहिरबाट नै ल्याउनुपर्ने बाध्यता हुँदा चाडपर्वको समयमा चिनीको अभाव हुने गरेको उनको भनाई छ । साथै, नेपालको तर्फबाट भारत सरकारलाई गुणस्तरीय चिनी उपलब्ध गराउनको लागि पत्र पठाइएको र भारत सहमत भए चिनी ल्याउन १५–२० दिन लाग्ने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
- लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मूल गुठीबीच सहकार्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया