Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेलपे सेवाबाट कोरोना भाइरसविरुद्ध बीमा गर्न सकिने

सेलपे सेवाबाट कोरोना भाइरसविरुद्ध बीमा गर्न सकिने


काठमाडौं, जेठ ५
सेलपे सेवाका ग्राहकहरुले कोरोना भाइरस (कोविड १९) विरुद्धको बीमा सुविधा सेलपे मोबाइल वा वेब एप्लिकेसनमार्फत सरल र सहज रुपमा गर्न पाउने भएका छन् । हाल विश्वभरी कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाइरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्यूनीकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेलपेले सगरमाथा इन्सुरेन्स कम्पनीसँगको सहकार्यमा कोरोना भाइरसविरुद्ध बीमा सुविधा खरिद गर्न सकिने सेवा सुरु गरेको हो । जसको मुख्य उद्देश्य कोरोना भाइरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पु-याउनु रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन् ।

सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एपमा गई कोभिड(१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकताअनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरी रकम भुक्तानी गर्न सक्नेछन् । यसअन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतीक्षा अवधि रहनेछ र १५ दिनको प्रतीक्षा अवधि सकिएपछि कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुनेबित्तिकै बीमा रकमका लागि दाबी गर्न सक्नेछन् । कोरोना भाइरसविरुद्ध बीमा भुक्तानी गरेको १२ महिनासम्म कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुविधा लिन सकिनेछ । ग्राहकहरुले १ लाख रुपैयाँसम्मको कोरोना भाइरसविरुद्ध बीमा गराउन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x