Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराटनगरमा ट्रेड एक्स्पो हुँदै

विराटनगरमा ट्रेड एक्स्पो हुँदै


मोरङ । मोरङ व्यापार संघ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार संघ ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । संघद्वारा आज आयोजित पत्रकार सम्मेलनका अनुसार विराटनगर–२ मा आगामी पुस ६ देखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिन लागिएको हो ।

यस क्षेत्रको कृषि, पर्यटन, ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएका सङ्घका अध्यक्ष नवीन रिजालले बताए । उनका अनुसार एक्स्पोमा भारत, बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तु एवं उत्पादनकर्ताको सहभागिता रहने छ । एक्स्पोमा सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलब्ध गराउने सहित दुई सय ५० वटा स्टल रहने अध्यक्ष रिजालले जानकारी दिए ।

एक्स्पोले अन्तर प्रादेशिक उत्पादन र सेवाको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध र सहकार्य स्थापना, पर्यटकीय गन्तव्यको प्रचारप्रसार लगायतका कार्य प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । राससले जनाएनुसार एक्स्पोमा तीन करोड ५० लाख रुपैयाँ खर्च लाग्नेछ भने १५ करोड रुपैयाँको व्यापारिक कारोबार हुने विश्वास गरिएको संयोजक अनिल साहले बताए ।

नेपाल र भारतका गरी चार लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको छ । मोरङ व्यापार संघले २०५३ सालदेखि एक्स्पोको आयोजना गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया