सिप्रदी सम्मानित
काठमाडौं । नेपालकै प्रतिष्ठित ब्राण्ड एवम् अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालि छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरूमध्ये आव २०७९÷८० मा योगदानकर्ताहरूको संख्याको आधारमा सिप्रदी उत्कृष्ट हुन सफल भएको हो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । सिप्रदी ट्रेडिङ अटोमेटिभ, इनर्जी, लुब्रिकेन्ट, वित्तीय सेवाहरू तथा इक्युपमेन्ट व्यवसायको क्षेत्रमा द्रूत गतिमा अगाडि बढिरहेको कम्पनी हो । साथै, एक्साइड ब्याट्रिज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरलगायतको पनि वितरक हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया