चांगान औपचारिकरूपमा थाइल्याण्डमा सञ्चालन
काठमाडौँ । प्रख्यात चिनियाँ अटोमेकर कम्पनी चांगानले थाइल्याण्डको बैंककमा औपचारिकरूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले दक्षिणपूर्वी एसियाली पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक उपस्थितिको सुरूवात गरेको जनाएको हो ।
चांगानले दक्षिण पूर्वी एसिया डिभिजन र स्थानीयकृत अपरेसनका लागि तीन स्थानीय कम्पनीहरू चांगान अटोमोबाइल दक्षिणपूर्वी एसिया, चांगान थाइल्याण्ड सेल्स र चांगान थाइल्याण्ड पार्ट्सको स्थापना गरेको जनाएको छ । कम्पनीले थाइल्याण्डमा नवीन ऊर्जामा आधारित सवारी उत्पादन गर्न आधारस्थलको निर्माण पनि सुरू गरेको उल्लेख गरेको छ । प्रेस सम्मेलनका क्रममा चांगनले दक्षिण पूर्व एसियामा आफ्नो विस्तार योजनाहरूको विस्तृत जानकारी गराउँदै ‘व्यापार प्लस आधार’ रणनीतिमा जोड दिने जनाएको थियो । यस्तै, उत्कृष्ट उत्पादन ब्रान्डहरू डीपल, अवतार र नेभोको परिचय समेत गराएको थियो ।
कम्पनीले थाइल्याण्डका अग्रणी वितरण साझेदारहरूसँग सहकार्य गर्ने, ‘नम्बर वन प्रोजेक्ट’ को थाई संस्करण सुरू गर्ने, प्रयोगकर्ता सेवाहरू बढाउने र ईएसजी निर्माणलाई सुदृढ गर्दै थाइल्याण्डको औद्योगिक विकासमा योगदान गर्ने लक्ष्य राखेको छ । चांगान अटोमोबाइलका अध्यक्ष झु ह्वारोङले थाइल्याण्डको अटोमोटिभ उद्योग र चांगानको नयाँ ऊर्जा रणनीतिक विकाससँगै जाने बताए । उक्त कार्यक्रममा कम्पनीले दुईवटा गाडीहरू डीपल एल ०७ र डीपल एसएल ०७ को पनि अनावरण गरेको थियो । यी दुई गाडीहरू प्रि–अर्डरका लागि उपलब्ध छन् तर आधिकारिकरूपमा भने नोभेम्बर २९ मा थाइल्याण्ड अटो सोमा लञ्च हुने कम्पनीले जनाएको छ । योसँगै अविताले पनि थाइल्यान्डमा पहिलो पटक आफ्नो प्रमुख मोडेलहरू अविता ११ र अविता १२ को सोही इभेन्टमा प्रदर्शन गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया