नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेसनल को–अपरेसन अर्गनाइजेसन फर स्मल एण्ड मिडियम इन्टरप्राइजेज इन एसिया आइकोसाकासँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवम् व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् ।
नेपालमा जलविद्युत्, पर्यटन, औद्योगिक एवम् इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरेका थिए । ‘नेपाल र जापानबीच आर्थिक र कूटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो’, उनले भने । लगानीको प्रतिफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत उनले बताएका थिए । नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि लगानी बोर्डमार्फत कानुनी सुनिश्चितता भइरहेको समेत उनले जानकारी गराए । नेपालमा लगानीको सुनिश्चिततासँगै श्रमशक्ति पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । अध्यक्ष मल्लले जापानी प्रविधि भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको बताए ।
चेम्बर पदाधिकारीसँगको भेटमा आइकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखेका थिए । कोभिड १९ पछि विश्वव्यापीरूपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ थियो । नेपालमा जलविद्युत्, पर्यटनलगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता समेत जनाए । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै उनले सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने आश्वासन समेत दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया