नेपाली एप ‘रमाइलो’ फेरि सञ्चालनमा
काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भई केही दिन रोकिएको मोबाइल एप ‘रमाइलो’ पुनः सञ्चालनमा आएको छ । गुगल प्ले स्टोरका केही सर्त पूरा हुन बाँकी भएकाले सो एप केही दिन रोकिएको थियो ।
गुगल प्ले स्टोरको सर्त पूरा गरी सो एप फेरि सञ्चालनमा ल्याइएको कम्पनीले प्रेसनोट जारी गरी जानकारी दिएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ । कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै दुई लाखभन्दा बढी पटक डाउनलोड भएको थियो । नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको समेत कम्पनीको दाबी छ । यस एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ ।
कम्पनीले केही दिनमै एपस्टोरमा पनि रमाइलो एपलाई उपलब्ध गराने जनाएको छ । साथै, प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकास गर्दै लैजाने कम्पनीको भनाइ छ । कम्पनीले एपमा केही समस्या देखा परेमा कम्पनीलाई खबर गर्न समेत आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया