आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप
काठमाडौं । लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुलको आधिकारिकरूपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ विक्रेताको रूपमा नियुक्त गरेको हो ।
आधिकारिक विक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आईएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनका सीईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरीय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताअनुरूप मोटुलसँग सहकार्य गरिएको हो । ‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरीय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौँ’ उनले भने । लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो । १७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । टु–ह्विलरदेखि हेभी ड्युटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सबै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया