Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिन्धुलीमा महिन्द्रा ‘ट्रियो’ लोकप्रिय

सिन्धुलीमा महिन्द्रा ‘ट्रियो’ लोकप्रिय


काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ देशको विभिन्न ठाउँमा सार्वजनिक गरेसँगै यसलाई धेरैले रुचाएका छन् । कम्पनीले ट्रियो सार्वजनिक गरेको छोटो समयमा नै नेपाली बजारमा यसको माग धेरै भएको दाबी गरिएको छ ।

सिन्धुलीमा पनि स्थानीयले ट्रिओलाई औधी रूचाएका छन् । हालै मात्र कम्पनीले सिन्धुलीका स्थानीय तीन जना महिला र १३ जना पुरुषलाई एकै पटक १६ इलेक्ट्रिक अटो हस्तान्तरण गरेको छ । अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीय बासिन्दालाई इलेक्ट्रिक अटोे ‘ट्रियो’ खरिद गर्र्न सहज र झन्झटमुक्त बनाइएको छ । साथै, सवारी साधन बीमा गर्नलाई भने प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ । संस्थाहरूको यस प्रकारको वित्तीय सहयोग र स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना गरेको कम्पनीले जनाएको छ । आर्थिक भार कम पर्ने र पेट्रोलमुक्त सार्वजनिक यातायात आएसँगै स्थानीयहरू पनि खुुसी छन् । अहिले सिन्धुलीको सडकमा ट्रेओको संख्या उल्लेखनीय मात्रामा बढेको छ ।

सिन्धुलीमा गत मंसिर ७ गते भव्य समारोहको आयोजना गरी नयाँ तथा पुराना ‘ट्रियो’लाई ग्राहकसँगै सडकमा लस्करका साथ बजार परिव्रmमा गरिएको थियो । सो कार्यक्रममा अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रिक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागि ट्रियो इलेक्ट्रिक अटोको आधिकारिक विव्रmेता खड्ग श्रेष्ठ र टीका श्रेष्ठसहित सिन्धुली शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो । महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । कम्पनीका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।

ट्रियो विद्युतीय सवारी साधन सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २०७३ मिलिमिटर ह्विलबेसका साथ जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्णरूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्छ । महिन्द्रा ग्रुपल विश्वव्यापीरूपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र सहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया