एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेतालाई सम्मान
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहारअघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान गरेको छ । एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।
यस प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै एक लाख नगद पुरस्कार जित्न सफल भएको छ । सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रूपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ । प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरूमा प्रतियोगीहरूले आ–आफ्नै भिन्न शैलीमा कथाहरू पस्किएका थिए । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेसल मेन्सन पुरस्कार प्रदान गरिएको थियो । प्रकाश नगरी र उनको समूहलाई शीर्ष पाँच लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यस प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्ने बताए ।
यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु कम्पनीको जिम्मेवारी भएको बताए । स्थानीय कन्टेन्ट अर्थात् सामग्री र प्रतिभाको विकासमा सहयोग पु¥याउने हेतुले आयोजना गरिएको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहलाई लक्षित रहेको थियो । यस लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डलमा निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए । विजयीहरूको घोषणा भाइटीकाको दिन गरिएको थियो । उत्कृष्ट लघु चलचित्रहरू सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियोे ।
यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरूले दिदीभाइहरूको हृदयस्पर्शीसम्बन्धलाई तीनदेखि पाँच मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने सर्त रहेको थियो । साथै, ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरी कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गर्नुपर्ने सर्तहरू थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया