सेरेस मिनी ईभीको डेलिभरी सुरु
काठमाडौं । विद्युतीय सवारी साधन उत्पादक कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो सोमा शुभारम्भ गरिएको सेरेसले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो रोजाईको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको जनाएको छ ।
कम्पनीका अनुसार सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी बनाइएको छ । यो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट छ, जसले यसलाई साँघुरा सहरी इलाकाहरूमा नेभिगेट गर्नका लागि एक आदर्श विकल्पको रूपमा उभ्याएको छ । सेरेसले सन् २०२३ मा विश्वकै सबैभन्दा तेज गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रति सेरेसको समर्पणलाई थप प्रकाश पारेको कम्पनीको दाबी छ ।
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता समेत दिएको छ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरूमा उपलब्ध छन् । यिनीहरूको सुरुवाती मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीका अनुसार सेरेस मिनी ईभी तीन भेरियन्ट लो ट्रिम–१८० किमी बेस अप्सन, मिड ट्रिम–१८० किमी फुल अप्सन र टप ट्रिम–२२० किमी फुल अप्सनमा उपलब्ध छ । यसको मूल्य क्रमशः १३ लाख ९९ हजार रुपैयाँ, १६ लाख ४९ हजार रुपैयाँ र १७ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया