नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा राजधानीमा नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । मेलाको बिहीबार सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरे । आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउनेभन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
विकासका पर्याप्त सम्भावना भएका कृषि, पर्यटन पूर्वाधार, आईटी तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नेतर्फ विशेष ध्यान दिन पनि उनले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए । यस्तै, उनले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने उल्लेख गरे । सभामुखका हैसियतले लगानीमैत्री कानुन निर्माणमा आफूले सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए । कोभिड महामारीले थलिएको अर्थतन्त्र सुधार गर्न, नेपाली व्यवसायीहरूको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि वृद्धि गर्न मेला सफल हुने उनको विश्वास थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले विश्वमा नेपाललाई लगानीको मुख्य गन्तव्यको रूपमा विकास गरी लगानी आकर्षित गर्नु मेलाको उद्देश्य भएको बताए । देशमा आर्थिक मन्दी र बढ्दो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्दै उनले निर्यात बढाउनका उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । यस्तै, सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डिराज ढकालले नेपाली उत्पादनलाई बजारमा पु-याउन विशेष प्रयास हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताए । चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार विकास ब्युरोका उपमहानिर्देशक देङ् बीले मेलामार्फत दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने बताए । नेपालका लागि चीनका राजदूत छन् सङसहित उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित मुलुकका सङ्गठित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । यही मङ्सिर १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालसहित बङ्गलादेश, भारत, चीन र पाकिस्तानका दुई सय १० वटा प्रदर्शनी कक्ष छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया