हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’
काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ । बिहीबारदेखि सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो । कम्पनीका अनुसार यो योजना नेपालभर नै लागू हुने भएकाले आफ्नो नजिकैको हुन्डाइको सोरुममा जान सकिनेछ । यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो गाडीको बजारको प्रचलित मूल्याङ्कनभन्दा न्यूनतम ५० हजार रुपैयाँ थप पाउनेछन् । साथै, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसैगरी विभिन्न मोडलहरूको खरिदमा नगद छ लाख रुपैयाँसम्मको आकर्षक छुट पाइनेछ । साथै, हुन्डाई सोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराई र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोरुममा तुरुन्तै पुरानो गाडीको मूल्याङ्कन गरी छिटोछरितो माध्यमद्वारा यो एक्सचेन्ज योजना सफल बनाउन हुन्डाई प्रतिबद्ध रहेको जनाएको छ ।
यस एक्सचेन्ज योजनामा सहभागी भई हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनौट गर्न सकिनेछ । सबै हुन्डाईका गाडीमा तीन वर्ष वारेन्टी र छ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ सोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वाइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया