Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोलखा महोत्सवका लागि स्टल बुकिङ खुला

दोलखा महोत्सवका लागि स्टल बुकिङ खुला


दोलखा । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘बृहत् दोलखा महोत्सव– २०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । आगामी पुस १३ देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल राखी आ–आफ्नो व्यावसायिक उत्पादन, वस्तु वा सेवाहरूको प्रचारप्रसार एवम् प्रवद्र्धन गर्न इच्छुक व्यावसायिक फर्म/कम्पनी/संघसंस्था तथा कार्यालयहरूले स्टल बुकिङ गर्न सक्नेछन् ।

आयोजकका अनुसार पुस ३ गतेसम्म स्टल बुकिङ गर्न सकिने संघले जनाएको छ । आयोजकले स्टल भाडा पाँच हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म तोकेको छ । संघका अनुसार बहुराष्ट्रिय उद्योग तथा रिर्सोटहरूका लागि ३५ हजार, राष्ट्रियस्तरका उद्योगहरूका लागि ३० हजार, अटो मोबाइल÷ईभीका लागि २५ हजार, ठूला होटल र बैंक तथा वित्तीय संस्थाका लागि २० हजार रुपैयाँ स्टल शुल्क तोकिएको छ । यस्तै, जुत्ता चप्पल कस्मेटीक तथा फेन्सीका लागि १२ हजार, कृषि प्रदर्शनीका लागि आठ हजार, फलफूल तथा जुस पसल, शैक्षिक तथा पर्यटन सामग्री र नर्सिङ होम तथा क्लिनिकका लागि १० हजार, संघसंस्था तथा विकास परियोजनाहरू र एफएमसीजी एण्ड रिटेलका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यसैगरी डेरी उत्पादन र फास्टफुड व्यवसायका लागि १२ हजार, भाडा तथा किराना, आईटी ईलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, खेलकुद सामग्री र चिया कफी बेकरीका लागि १० हजार, हस्तकला÷महिला उद्यमीका लागि सात हजार, मह तथा अण्डा र साना हस्तकलाका लागि पाँच हजार रुपैयाँ स्टल भाडा तोकिएको छ । आयोजकका अनुसार व्यावसायिकरूपमा दर्ता गरी रेस्टुरेन्ट चलाएका व्यवसायीहरूलाई मात्र रेस्टुरेन्ट स्टल प्रदान गरिनेछ । यस्तै, स्टल आरक्षण गर्दा आवेदनसहित लाग्ने स्टल सहभागी शुल्क तथा व्यानर शुल्क अग्रिम बुझाउनुपर्नेछ । दोलखा उद्योग वाणिज्य संघमा सदस्यता लिएका व्यवसायीहरूलाई स्टल भाडादरमा १५ प्रतिशत छुट गरिने संघले जनाएको छ ।

जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनहरूको प्रदर्शन गरी प्रचारप्रसार तथा बिक्री वितरण गरिने मुख्य उद्देश्यले संघले १० दिने महोत्सव गर्न लागेको हो । महोत्सवमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक झाँकीहरूको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती कमाएका कलाकारहरूको सांकृतिक प्रस्तुति, चरिकोट टुँडीखेलदेखि भ्युटावर हुँदै देउरालीसम्म घोडचडीलगायतका कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ । यस्तै, उत्कृष्ट कृषक तथा उद्यमीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया