नाम्चेमा खुल्यो अमेरिकन ब्रान्ड कोलम्बिया
सोलुखुम्बु । अमेरिकन कोलम्बिया ब्राण्डको शाखा नाम्चेमा स्थापना गरिएको छ । हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री पर्यटकीय क्षेत्रमै उपलब्ध गराउने उद्देश्यले कोलम्बियाको नेपालमा तेस्रो शाखा पर्यटकीय स्थल नाम्चे बजारमा स्थापना गरिएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।
यसअघि कोलम्बिया ब्राण्ड काठमाडौंको ठमेल र पोखरामा थियो । हिमाल आरोहणका लागि आवश्यक व्यक्तिगत प्रयोगमा आउने सबै खालका सामग्री अब नाम्चेमै पाइने शेर्पाको भनाइ छ । ब्राण्डको उद्घाटन पहिलो खुम्बु आइसफल डाक्टर लाम्पा गेले शेर्पाले रिवन काटेर गरेका थिए । अमेरिकाको पोर्टल्याण्डमा मुख्य कार्यालय रहेको उक्त ब्राण्ड पर्यटन क्षेत्रमा स्थापित छ । गुणस्तर सुनिश्चितताका कारण उपभोक्ताको माग नेपालको पर्यटन क्षेत्रमा बढेको व्यवसायीहरू बताउँछन् । यस क्षेत्रको अर्थतन्त्र थप चलायमान बनाउन ब्राण्ड स्थापनाले योगदान पुग्ने विश्वास लिइएको छ । साथै, हिमाल आरोहणका लागि आवश्यक सुरक्षाका सामाग्रीहरू किन्न ठमेल धाउनुपर्ने बाध्यता पनि हटेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया