Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन

नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन


काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको थियो । अहिले नेपाली बजारमा हाई रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरू उपलब्ध रहेको कम्पनीको भनाइ छ । यस्तो अवस्थामा सिट्रोन ई–सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयूभीको पर्फेक्ट विकल्प बनेर नेपाली बजारमा आएको छ ।

सिट्रोन ई–सी थ्रीको आगमनसँगै नेपाली अटोमोटिभ क्षेत्रमा एक किसिमको तरङ्ग आएको छ । सिट्रोन ई–सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो सोको १९औँ वर्ल्ड कार अवार्ड समारोहमा वर्ल्ड अर्बन कार अफ द इयर २०२३ जित्न सफल भएको थियो । २९ दशमलव दुई किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई–सी थ्री पूर्णरूपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो । रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेकपटक ब्रेक लगाउँदा अटोम्याटिकल्ली चार्ज हुने कम्पनीको भनाइ छ । त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई–सी थ्रीमा ई–टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध रहेको बताइएको छ ।

विद्युतीय गाडी किन्दा हाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्ज हो । कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआईडीसी साइकलअनुसार) रेन्ज दिने र ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ । सुरक्षाको मामिलामा पनि सिट्रोन ई–सी थ्रीमा केही कमी नरहेको कम्पनीको दाबी छ । एबीएस, ईएसपी र मल्टिपल एयरब्यागहरूसहित उपलब्ध यस गाडी वास्तवमा नै डिजाइन, सेफ्टी र रेन्ज सबै कुरामा अगाडि रहेको कम्पनीको दाबी छ । क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायक रहेको यस सिट्रोन ई–सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ ।

यस्तै, गाडीमा तीन वर्ष अथवा एक लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा सात वर्ष अथवा एक लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । त्यसैगरी मोटरमा भने पाँच वर्ष अथवा एक लाख किलोमिटरको वारेन्टी छ । कम्पनीका अनुसार रेन्ज, ब्याट्री, डिजाइन सबैमा उत्कृष्ट सिट्रोन ई–सी थ्री खरिद गर्न पनि उत्तिकै सजिलो रहेको बताइएको छ । यसलाई जम्मा २० प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने र बाँकी ८० प्रतिशत भुक्तानीको लागि नौ दशमलव ४९ प्रतिशत ब्याज दरमा सात वर्षको बैंक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया