Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा औद्योगिक व्यापार मेला हुने

पोखरामा औद्योगिक व्यापार मेला हुने


पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ । यही मंसिर २१ गतेदेखि पुस १ गतेसम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । यस वर्ष मेलाको मुख्य प्रायोजन लक्ष्मी हाउसको समृद्धि स्टिल्सले गरेको छ ।

‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने मेलामा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवर्द्धक रहेका छन् । संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, वास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शन गरिनेछ । यस्तै, नयाँ औद्योगिक उत्पादन, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि मेलामा समावेश हुनेले बताए । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य भएको अध्यक्ष प्रजापतिले जानकारी दिए ।

मेलामा बिक्री हुने प्रत्येक टिकटको १० रुपैयाँ भूकम्पपीडितका लागि सहयोग गरिने उनले बताए । मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादन जोडिएको र जोडिनेक्रम जारी रहेको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । मेलाको स्टल निर्माण सुरु भइसकेको संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया