स्टिल्केसको प्रमुख डिलर सोरूम काठमाडौंमा
काठमाडौं । फर्निसिङ कम्पनी स्टिल्केसले आफ्नो प्रमुख डिलर सोरूम काठमाडौंमा खोलेको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्युजनसँगको साझेदारीमा स्टिल्केसले माइतीघरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।
सो सोरुममा विभिन्न फर्निसिङ ब्रान्डहरूको प्रदर्शन गरिएको छ । नयाँ सोरुमले स्थानीय तथा अन्तर्राष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापीरूपमा उत्पादन गरिएका फर्निचरहरूको पहुँच पु-याउने बताइएको छ । नयाँ तीनतले सोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ ।
यस्तै, प्रसिद्ध चेयरहरू थिंक, जेस्चर, र पर्सनालिटी प्लससहित वर्कस्टेसनहरू पनि सोरूममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा केही सहायक संकलनहरूको चयन गरिएको कम्पनीले जनाएको छ, जुन कम्पनीकै उत्कृष्ट ब्रान्डहरू हुन् । फ्युजनका संस्थापक हितेश गोल्छाले स्टिलकेससँगको साझेदारीले नेपाली कार्यालयहरूलाई अझ व्यवस्थित बनाउन सहयोग गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया