रेड्मी १२सी: ‘मूल्य र प्रस्तुति’को संयोजन
काठमाडौं । नेपाली बजारमा सफलता पाएको शाओमीको रेड्मी सिरिज सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२सीले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पुर्याउन सफल भएको छ ।
यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरूलाई प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । रेड्मी १२सी को ३/३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र १३ हजार ४९९ रुपैयाँ रहेको छ । थप स्टोरेज चाहनेहरूको लागि ४/६४ जीबी भेरियन्ट मात्र १४ हजार ४९९ रुपैयाँ र ६/१२८ जीबी भेरियन्ट मात्र १६ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । रेड्मी १२सीको बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू विनाकुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्ने बताइएको छ । साथै, ६/१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्छ ।
मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्छ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ । यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्ने कम्पनीको भनाइ छ ।
मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनका लागि यो फोनमा ठूलो पाँच हजार एमएच ब्याट्रीको साथमा ठूलो ६.७१ इन्च एचडी प्लस डिस्प्ले रहेको छ । रेड्मी १२सी मा भ्यालु र पफमेन्सको उत्कृष्ट संयोजन देख्न पाइने कम्पनीले जनाएको छ । शक्तिशाली प्रोसेसर, प्रभावशाली डिस्प्ले, लङ ब्याट्री लाइफ, उत्कृष्ट डिजाइन र क्यामेरा सिस्टमको साथ रेड्मी १२सीले ग्राहकलाई यस प्राइस रेन्जमा अपेक्षा गरेकोभन्दा पनि धेरै प्रदान गर्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया