Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेलपे र भाटभटेनी मनी ट्रान्सफरबीच आन्तरिक रेमिट्यान्स सेवाको लागि सहकार्य

सेलपे र भाटभटेनी मनी ट्रान्सफरबीच आन्तरिक रेमिट्यान्स सेवाको लागि सहकार्य


काठमाडौं, जेठ ७
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रवद्र्धन गर्नका लागि सहकार्य गरेको छ । नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाटभटेनी मनी ट्रान्सफरका प्रबन्धनिर्देशक राजन कुमार अमात्य र सेलकम प्रालिका प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) नेपालको सबैभन्दा ठूलो र बहुप्रतिष्ठित सुपरमार्केट चेन भाटभटेनी सुपरस्टोर ग्रुपद्वारा प्रवद्र्धित रेमिट्यान्स कम्पनी हो । यस सहकार्यअन्तर्गत, ग्राहकवर्गहरुले सेलपे मोबाइल वा वेब एप्लिकेसनबाट सजिलै (बीएमटी)का आन्तरिक रेमिट्यान्स सेवाहरु प्रयोग गर्न सक्नेछन् । जसका लागि सेलपे एपमा रेमिट्यान्स बटनमा थिची आफूलाई चाहेको भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) रेमिट्यान्स सेवा चयन गरी आवश्यक विवरणहरू भरेपश्चात्, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्नेछन् । यसरी पैसा पठाइसकेपछि प्रेषकले आफ्नो सेलपे एपमा एउटा युनिक आईडी प्राप्त गर्नेछन् र त्यस आईडी प्रेषकले प्रापकलाई दिनुपर्नेछ । प्रापकले देशैभरका विभिन्न भाटभटेनी मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त आईडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् ।

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x