Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न


काठमाडौं । शौर्य सिमेन्टको आयोजनामा भएको मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ भन्ने मूल नाराका साथ मधेश प्रदेशस्तरमा गरिएको सो कार्यक्रममा एक सय ५० वटाभन्दा बढी आवेदन परेको थियो ।

आवेदन परेकाबाट दोस्रो चरणमा ७५ जनालाई छनोट गरिएको थियो । छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो । उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ, जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनुपर्नेछ । तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गतेसम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाइ ५–५ हजार नगद प्रदान गरिने छ ।

उक्त कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरीका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया