महिला सशक्तीकरणमा दराजको योगदान
काठमाडौं । इ–कमर्स प्लेटफर्म दराजले महिला सशक्तीकरणको दिगो विकास लक्ष्यहरूमा ‘वाणिज्यद्वारा समुदायहरू उत्थान’ गर्नमा प्रतिबद्ध रहेको जनाएको छ । यो वर्ष संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूमा आधारित भएर दराजले विभिन्न समुदायहरू उत्थान गर्ने योजना बनाएको जानकारी समेत दिएको छ ।
दराजले महिलाहरूलाई सिप प्रदान गर्ने उद्देश्यले मेन्टरसिप कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । यस्ता कार्यक्रमहरूले महिलाहरूलाई उनीहरूको करियरमा आवश्यक व्यक्तिगत र व्यावसायिक सिपहरू प्रदान गर्ने दराजको विश्वास छ । दराजले ‘लाइफ प्रोजेक्ट फोर युथ’ तथा ‘उद्देश्य गर्लस् इन स्टिम’जस्ता संस्थासँगको सहकार्यमा विभिन्न मेन्टरसिप कार्यक्रमहरू सार्वजनिक गर्दै प्राविधिक ज्ञान, रोजगारी, र उद्यमशीलताजस्ता कुराहरू प्रवद्र्धन गर्ने गरेको छ । साथै, महिला उद्यमी महासंघसँगको सहकार्यमा दराजले महिला उद्यमीलाई इ–कमर्स प्लेटफर्मको पहुँच तथा यसको प्रयोगको लागि आवश्यक तालिमहरू प्रदान गर्ने गरेको छ ।
यसैगरी नेपाल सरकारको चासो तथा दिगो विकासको केन्द्रविन्दु भनिने कार्बन उत्सर्जनको न्यूनीकरणमा सहयोग गर्न दराजले ‘डोको रिसाइकलर्स’सँग सहकार्य गरेर प्याकेजिङमा प्रयोग हुने प्लास्टिकहरू देशका १७ स्टेसनबाट संकलन गरी रिसाइकल गरेर पाइपहरू बनाइने गरेको छ । यसबाहेक दराजले विद्युतीय सवारी साधनको प्रयोगलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । जसअन्तर्गत दुईवटा ट्रक र ७५ वटा बाइक गरी कुल ७७ वटा विद्युतीय सवारीलाई दराजका डेलिभरीमा प्रयोग गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दराजले युनिसेफसँग सहकार्यमा बंगलामुखी क्षेत्रमा पार्कको पुनर्निर्माणमा सहयोग गर्दै बच्चा तथा वृद्धहरूलाई सुरक्षित र खुला ठाउँ निर्माण पनि गरेको छ ।
दराजले समाजलाई केही प्रदान गर्ने उद्देश्यले आफ्नो कार्यक्षेत्रमा सेवाको भावनाको विकास गरेर आफ्ना कर्मचारीहरूलाई सक्रियरूपमा सामाजिक तथा पर्यावरणीय कार्यहरूमा संलग्न हुन प्रोत्साहन गर्ने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया