चांगन डीपल एस ०७ ईभी नेपालमा सार्वजानिक गर्ने तयारी
काठमाडौं । थाइल्याण्ड इन्टरनेशनल मोटर एक्स्पोमा सबैभन्दा बढी बुकिङ प्राप्त गरी चम्किएको चांगन डीपल एस ०७ ईभी एसयुभीलाई नेपालमा सार्वजानिक गर्ने तयारी थालिएको छ ।
चीनको प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड चांगन डीपले २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्स्पोमा अत्यन्त चर्चित बनेको थियो । ब्रान्डको फ्ल्यागशिप मोडेल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडेलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा आफ्नो स्थानलाई बलियो बनाएको हो । नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेशनल मोटर एक्स्पोमा एस ०७ ईभी एसयुभी ३२ सय भन्दा बढी बुकिंग भएको थियो ।
थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा लिएको छ । नेपालमा चांगनका लागि अधिकारिक वितरक एमएडब्लू वृद्धिले सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने जनाएको छ । चांगन डीपल एस ०७ एसयुभीले सुविधाहरूको प्रभावशाली दायराहरुलाई समेट्छ । यसमा शक्तिशाली इलेक्ट्रिक मोटर, लामो दूरीसम्म टिक्ने ब्याट्री, स्लीक र आधुनिक डिजाइन, उन्नत प्रविधि लगायतका विशेषताहरु छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया