Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनक्सालमा फेमिना फल्न्ट स्टुडियो सलुन

नक्सालमा फेमिना फल्न्ट स्टुडियो सलुन


काठमाडौं । काठमाडौंका सौन्दर्य पारखीहरूका लागि नक्सालमा फेमिना फल्न्ट स्टुडियो सलुन खुलेको छ । मिस भारत २०२३ नन्दिनी गुप्ताले एक कार्यक्रमका बीच स्टुडियोको उद्घाटन गरेकी थिइन् ।

फेमिना लामो समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको म्यागाजिन हो । यसले भारतको सौन्दर्य, फेसन र आधुनिक जीवनशैलीमा ठूलो रूपान्तरण ल्याइदिएको छ । काठमाडौंको जेएण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह भारतको टाइम्स इण्डिया ग्रुपसँगको सहकार्यमा फेमिना फल्न्ट स्टुडियो सलुन स्थापना गरिएको हो । उपभोक्ताहरू स्वास्थ्य र गुणस्तरमा चनाखो हुन थालेकोले समयको मागलाई दृष्टिगत गरी फेमिना फल्न्ट स्टुडियो सलुन स्थापना गरिएको प्रबन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया