सेरेसको सोरुम पोखराको नागढुंगामा
काठमाडौं । पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ कम्पनीले आफ्नो सञ्जाललाई बलियो बनाउँदै लगेको छ । सोहीअनुरूप कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सोरुम स्थापना गरेको हो ।
नेपालमा सेरेस ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरसिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको छ । सोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एमएडब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशवचन्द्र सेनले सोरुमको उद्घाटन गरेका थिए । सोरुम उद्घाटनको अवसरमा दुई जनालाई थापा मोटर्सले सेरेस ईभी हस्तान्तरण समेत गरेको छ । उनीहरूलाई सेरेस थ्री र मिनी ईभी हस्तान्तरण गरिएको हो ।
सेरेसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया