एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रम
काठमाडौं । एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुङ्गा सावित भएको छ । यो कार्यक्रमको सफलतासँगै बाग्मती प्रदेश सरकारले पनि टेलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि लागू गरेको छ ।
एनसेलले सन् २०१९ मा प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरेको थियो । यस कार्यक्रमले ग्रामीण भेगका ८० हजारभन्दा बढी स्थानीयवासीहरूले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन् । सिन्धुपाल्चोकको मानेखर्क, सोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पतालअन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालनमा रहेको छ । स्थानीयले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायतका रोगहरूको उपचार सेवा पाइरहेका छन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यो कार्यक्रमले समुदायको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनका अनुसार यो कार्यक्रमको छुटै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात् पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जसअन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रहरूले त्यहाँका स्थानीय मानिसको स्वास्थ्यसम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्छन् । साथै, उनीहरूको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्याङ्कमा आधारित भई आवश्यक कार्यहरू पनि गरिन्छ ।
एनसेलको धुलिखेल अस्पतालसँगको यो संयुक्त पहलले देशको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण छाप छोड्न सफल भएको छ । धुलिखेल अस्पतालका अनुसार काभ्रेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पीएचपीलाई लागू गरेका छन् भने अन्य नगरपालिकाहरूले यसको कार्यान्वयन गर्न चासो राखेका छन् । यसैगरी, चारवटा सामुदायिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सफल सञ्चालनपछि बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुईवटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएका छन् ।
धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्युनिटी प्रोग्राम डाइरेक्टर डा विराज कर्माचार्यले एनसेल र धुलिखेल अस्पतालको सहकार्यले दूरदराजका समुदायलाई स्वास्थ्य सेवाको पहँुच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको बताए । बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामीण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा लागू गरेको छ । यसले एक लाख ५० हजारभन्दा बढी स्थानीयलाई टेलिमेडिसिन सेवाको लाभ दिने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया