काठमाडौं–मस्कोबीच हवाई सम्पर्क स्थापित गर्न जोड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघको व्यावसायिक प्रतिनिधिहरूले काठमाडौं–मस्कोबीच सिधा हवाई सम्पर्क स्थापित गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् । दुई संस्थाका प्रतिनिधिहरूबीच भएको भेटवार्तामा उनीहरूले दुई मुलुकबीच संयुक्त लगानी एवम् व्यापारिक साझेदारी तथा हवाई उडानका बारेमा छलफल गरेका छन् ।
रुसी महासंघको प्रतिनिधि मण्डलसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं र मस्कोबीच सिधा हवाई सम्पर्क स्थापित गर्नका लागि संयुक्त पहल गर्नुपर्नेमा जोड दिए । ‘नेपाल रुसबीचको कूटनीतिक सम्बन्ध बलियो छ, सयौँ नेपाली विद्यार्थीहरू इन्जिनियरिङ, चिकित्सालगायतका विषय अध्ययनका लागि जाने गरेका छन्’, उनले भने, ‘रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरू नेपाल घुम्न आउने गरेको सन्दर्भमा सिधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मुलुकलाई फाइदा पुग्छ ।’
नेपालमा काठमाडौंसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सिधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
नेपालको कृषि, पर्यटन, उद्योग, एवम् आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मल्लले रुसी लगानीको प्रतिफल सुनिश्चत गर्नका लागि चेम्बर पहल गर्ने समेत बताए । चेम्बर पदाधिकारीहरूसँगको भेटमा रुसी महासंघको व्यावसायिक प्रतिनिधि मण्डलले पनि नेपालमा सिधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफूहरूले पहल गर्ने बताएका थिए । हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाइ छ । चेम्बर पदाधिकारीसँगको भेटवार्तामा रुसी महासंघको टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्वबजारबारे चासो राखेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया