लिट्मस केबल्सको नयाँ योजना ‘दुबई जाने मौका’
काठमाडौं । लिट्मस केबल्सले नयाँ योजना ‘लिटमस केबल्स:इको वरिङ्ग स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ ल्याएको छ । कम्पनीले इलेक्ट्रिसियनहरुलाई लक्षित गरी उक्त सात महिने राष्ट्रव्यापी योजना ल्याएको जानकारी गराएको छ । कम्पनीका अनुसार इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने उद्देश्यले उक्त योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत इलेक्ट्रिसियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, एक सय कोइल्सको खरिदमा ड्रिल मेशिन, तीन सय कोइल्सको खरिदमा एयर कुलर, पाँच सय कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र एक हजार कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउने छन् । साथै, १५ सय कोइल्सको खरीदमा वासिङ्गमशिन जित्ने मौका पाउने छन् भने २५ सय कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्ने छन् ।
यस योजनामा सहभागी हुनको लागि इलेक्टिसियनहरूले इको वायर–जेठएच खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत विवतरण बुझाउनु पर्नेछ । र, उक्त योजनाअन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्गमशिन र दुबई यात्रालगायतका उत्कृष्ट उपहारहरू जित्न सकिने छ ।
लिट्मस केबल्सले विभिन्न प्रकारका तार र केबलहरु उत्पादन गर्दै आएको छ । लिट्मस केबल्सले घरमा प्रयोग मल्ट्रिस्ट्र्यान्ड तारहरुदेखि विभिन्न इण्डष्ट्रिजमा प्रयोग हुने पावर केबलहरू, विद्युतीय पोलदेखि घरसम्म बिजुली ल्याउन प्रयोग हुने कन्सेन्ट्रिक केवल्सलगायत सम्पूर्ण तार, केवल्स तथा कन्डक्टरहरुको उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया