Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

पोको एम ५ नेपालमा


काठमाडौं । इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा बजारमा सार्वजनिक गरिएको छ । यो फोन गेमिङको मजा लिनेहरूका लागि लक्षित गरी बनाइएको हो ।

कम्पनीका अनुसार ४/ ६४ जीबीलाई मात्र २० हजार चार सय ९९ रुपैयाँ र ६/१२८ जीबीलाई मात्र २३ हजार नौ सय ९९ रुपैयाँमा किन्न पाइनेछ । पोको एम ५ मिडियाटेक हेलियो जी ९९ चिपसेटसहित आउँछ, जसले सिमलेस मल्टिटास्किङ र गेमिङ अनुभव सुनिश्चित गर्छ । यस ६ एनएमको प्रोसेसर पहिलेको नै शक्तिशाली मिडियाटेक हेलियो जी ९६ को अपग्रेड हो । जुन ३० हजार रुपैयाँभन्दा माथिका स्मार्टफोनमा मात्र पाइन्छ । यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृष्ट बनाउँछ ।

पोको एम ५ को एक उल्लेखनीय फिचर भनेको यसको ९० हर्जको डायनामिक स्विच डिस्प्ले हो । साथै, यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्लेसहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्छ । पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । यस स्मार्टफोनको पाँच हजार एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५वाटको फास्ट चार्जरको मद्धतले दिनभरको निर्बाध प्रयोगलाई सुनिश्चित गर्छ ।

सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोन चाहेको ग्राहकहरूलाई बलियो प्रदर्शन, उत्कृृृष्ट डिस्प्ले, लामो ब्याट्री लाइफ, आकर्षक डिजाइन, र भर्साटाइल क्यामेरा प्रणालीको संयोजनले पोको एम ५लाई एउटा आकर्षक विकल्पको रूपमा स्थापित गरेको छ । उत्कृष्ट फिचर र आकर्षक प्रदर्शनसहितको किफायती मूल्यमा पाइने पोको एम ५ ले पोकोको लिगेसीलाई कायम राखेको छ । पोको एम ५ ले किफायती मूल्यमा प्रिमियम अनुभव प्रदान गर्दै बजेट स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने बाचा गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया