होण्डा डियो १२५ को बिक्री वितरण सुरु
काठमाडौं । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ प्रालिले होण्डा डियो १२५ स्कुटरको विक्री वितरण सुरु गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीसाधनमध्येमा अत्यधिक रूचाइएको होण्डा डियो स्कुटरको पछिल्लो संस्करण होण्डा डियो १२५ मा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नवीन विशेषताहरू समाहित छन् ।
साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ होण्डा डियो १२५ रोमाञ्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्नेमा कम्पनी ढुक्क छ । ‘स्मार्ट’ चाबीले ‘अनलक’ र ‘स्टार्ट’ हुने होण्डा डियो १२५ मा ‘साइड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम–एफआई सिस्टमलगायतका अत्याधुनिक प्रविधिहरू उपलब्ध छन् । होण्डा डियो १२५ मा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री एसीजी प्रविधि पनि जडित छ । यस्तै, कम्पनीले होण्डा डियो १२५ को बुकिङ र बिक्री धमाधम भइरहेको जनाएको छ ।
नाडा अटो सोमा पहिलोपटक प्रदर्शनीमा राखिएको होण्डा डियो १२५ ले थुप्रै ग्राहकको ध्यान तान्न सफल भएको थियो । कम्पनीले होण्डा डियो १२५ केही समयका लागि दुई लाख ९९ हजार नौ सय रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । होण्डा नेपालको आधिकारिक वेबपेजमा गएर होण्डा डियो १२५ अग्रिम बुकिङ्ग या खरिद गर्न सकिने छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया