Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ लुब्रिकेन्ट ‘गुडइयर’ नेपाली बजारमा

नयाँ लुब्रिकेन्ट ‘गुडइयर’ नेपाली बजारमा


नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिकरूपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो । भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रमबीच औपचारिकरूपमा शुभारम्भ भएको छ ।

दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिजहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो, यसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ । सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ ।

गुडइयरले गुणस्तरसम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको कम्पनीले जनाएको छ ।विशेषगरी टायर, ट्युब तथा पार्ट्स बिक्री–वितरण गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलोपटक लुब्रिकेन्ट भित्र्याएको हो । ‘विश्वविख्यात प्रिमियम ब्रान्ड भएकाले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका निर्देशक बिक्रम सिंघानियाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया