नाडाको अध्यक्षमा करण चौधरी चयन हुँदै
काठमाडौं । नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था ‘नाडा अटोमोबाइल एसोसिएसन नेपाल’को आगामी पुस २० र २१ मा हुने ४७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ । अध्यक्षका आकांक्षी करण चौधरी र आकाश गोल्छाबीच सहमति भएपछि नाडाको आगामी नेतृत्वमा करण चौधरी सर्वसम्मत चयन हुने भएका हुन् ।
आकाश गोल्छालाई अर्को कार्यकालमा सर्वसम्मत अध्यक्ष बनाउने सर्त भएपछि यस कार्यकालमा चौधरीको नाम सिफारिस भएको हो । नाडाको आगामी नेतृत्वका लागि सुरुमा चौधरी, गोल्छासहित राजनबाबु श्रेष्ठ पनि आकांक्षी थिए । सिप्रदीका सिइओ श्रेष्ठले चौधरीलाई अध्यक्षमा समर्थन गर्दै ‘ब्याक’ भएपछि चौधरी र गोल्छाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो । तर, अहिलेको गम्भीर संकटका बेलामा व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्ने महसुस गरेर सर्वसम्मत अध्यक्ष चयन गर्न खोजिएको नाडा अध्यक्ष ध्रुव थापाले बताए ।
चौधरी सिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक हुन्, जसले मारुती सुजुकी गाडी बिक्री–वितरण गर्दै आइरहेको छ । गोल्छाले फोर्ड ब्रान्डको गाडी बिक्री गर्दै आइरहेका छन् । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा जस्तै नाडामा पनि वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत:अध्यक्ष हुने व्यवस्था गर्ने सहमति भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया