पठाओ सुपर फेस्ट हुने
काठमाडौं । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ सुपरफेस्ट–२०२३’ आयोजना गर्ने घोषणा गरेको छ । पठाओले ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नाराका साथ बिहीबारदेखि अहिलेसम्मकै ठूलो अफरका साथमा सो सुपरफेस्ट आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।
सुपरफेस्टको नाराबमोजिम केही दिनदेखि एलियन भेषमा केही व्यक्तिहरू पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिएका छन् । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलोपटक गरिएको कम्पनीले जनाएको छ । एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो । सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू रहेको पठाओकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।
कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट हुने जनाएको छ । फेस्टमा एक प्लेटमा २० वटा मःमः, फ्राइज् किन्दा बर्गर फ्रि, झोल किन्दा मःमः फ्रि, एक रुपैयाँमै पिज्जा÷बर्गर÷मःमः÷बिरयानी र आलू दममा रम फ्रिलगायत अफरहरू राखिएको छ । यसैगरी बिहान ९ बजेदेखि राति ९ बजेसम्मको फ्ल्यास सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट अफर र पठाओ फुडमा निःशुल्क डेलिभरीको सुविधा समेत दिइएको छ । यस्तै, पठाओले सुपरफेस्टमा उपभोक्ताहरूका लागि पुरस्कारको व्यवस्था गरेको छ । कम्पनीका अनुसार ग्राहकले हरेक अर्डरमा स्योरसट प्राइजको स्क्र्याच कार्ड पाउनेछन् । यसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने कम्पनीले जनाएको छ ।
यस्तै, टेली डाइरेक्टको एमआई फोन, रेड्मी नोट १२, रेड्मी बड्सलगायतको खरिदमा छुट पाइनेछ भने चन्द्रागिरीबाट चल्ने बाबु एड्भेञ्चरको प्याराग्लाइडिङमा एक हजार रुपैयाँ तथा धुलिखेल जिपलाइनको तर्फबाट एक हजार दुई सय रुपैयाँको नगद भौचर प्राप्त गर्न सक्नेछन् । यसैगरी वाशिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, रेफ्रिजेरेटर, राइस कुकरजस्ता हिटाचीका उत्पादनहरू खरिद गर्दा ग्राहकहरूलाई २५ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ । यस्तै, डिसहोम टिभीमा एक महिनाको रिचार्ज कार्ड निःशुल्क दिइनुका साथै ’डिस होम गो’मा तीन महिनाको सब्सक्रिप्सन निःशुल्क उपलब्ध गराइनेछ ।
कम्पनीका अनुसार, डिसहोम इन्टरनेटमा नयाँ सब्सक्राइबरहरूलाई छ महिनाको इन्टरनेट सब्सक्रिप्सन निःशुल्क दिइनेछ । साथै, ११० एमबीपीएस र २१० एमबीपीएसको इन्टरनेट प्याकेजहरूमा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । यसबाहेक सुपरफेस्टमा सहभागी हुने ग्राहकहरूले डोल्पो गियरका उत्पादन खरिदमा २० प्रतिशत छुटका साथै डोल्पो गोर्टेक्स फर ज्याकेट जित्ने मौका समेत पाउनेछन् । कम्पनीका अनुसार, न्युम्युको उत्पादनहरूको खरिदमा १५ प्रतिशतसम्मको छुट भौचरसमेत ग्राहकहरूले पाउन सक्नेछन् । यस्तै, सुपरफेस्टमा बेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसीलगायतका उपहार जित्नेछन् ।
कम्पनीले जति धेरै अर्डर ग¥यो उति धेरै पुरस्कार जित्ने अवसर रहेको जनाएको छ । साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेतालाई ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी प्रदान गरिने हमालले जानकारी दिइन् । २१ दिनसम्म चल्ने यस क्याम्पेनमा टेली डाइरेक्ट, माछापुच्छ्रे बैंक, एभरेस्ट इन्स्योरेन्स, प्याङ्क बाइक्स, डिसहोम, दराज, डोल्पो गियर्स, इना सेन्टर, यति एअरलायन्स, धुलिखेल जिपलाइन, बाबु एड्भेञ्चर्सको चन्द्रागिरी प्याराग्लाइडिङ र न्युम्यु कम्पनीहरूसँग सहकार्य गरिएको पठाओले जनाएको छ । पठाओको यस सुपरफेस्ट पुस २५ गते सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया